राधी विद्युत् कम्पनी लिमिटेडले दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडमा आफ्नो नाममा रहेको सेयर बिक्री गर्ने भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीले आफ्नो नामको १६ लाख ४४ हजार ८८८ कित्ता संस्थापक सेयर बिक्री गर्नलागेको हो।
बजारमा चलेको मूल्यमा उक्त सेयर बिक्री गर्ने निर्णय भएको राधी विद्युतका परिपालन अधिकृत रमेशनाथ योगीले जानकारी दिए। त्यसका लागि विद्युतसम्बन्धी कम्पनीको सेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका २०७८ को दफा ११ अनुसार कम्पनीले सर्वसाधारणको जानकारीका लागि सूचना जारी गरेको छ।
पछिल्लो कारोबारअनुसार दोर्दी खोला जलविद्युत् कम्पनीको सेयर नेप्सेमा प्रतिकित्ता ४०९.१० रुपैयाँमा कारोबार भइरहेको छ। यसअनुसार कम्पनीले बेच्न चाहेको सेयरको कुल मूल्य ६७ करोड २९ लाख २३ हजार ६ सय ८० रुपैयाँ हिसाब निस्किन्छ।