चालु आर्थिक वर्षमा ५ करोडभन्दा बढी राजस्व सङ्कलन

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार १०:५५     86 जनाले पढ़िसके



Spread the love

सुनसरी । सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा ५ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको प्रथम १० महिनामा ५ करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन गरेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनमा ४७ लाख ३४ हजार ४६९, भदौमा ६१ लाख पाँच हजार ५०२, असोजमा ३२ लाख ९ हजार ५३६, कात्तिकमा ३६ लाख ३७ हजार २०७, मङ्सिरमा ५२ लाख ९१ हजार ५६४, पुसमा ७१ लाख ६८ हजार २९८, माघमा ४० लाख ३२ हजार ६५५ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, फागुनमा ४२ लाख ९५ हजार ६७२, चैतमा ३४ लाख ५५ हजार ५०५, वैशाखमा ४७ लाख एक हजार ३८७ र जेठमा ३५ लाख ६५ हजार ५५० गरी जम्मा पाँच करोड एक लाख ९७ हजार ४४५ राजस्व सङ्कलन भएको छ ।
रासस