डाकाको एक समूहद्वारा सप्तरीमा लुटपाट गर्नाका साथै एक जनाको हत्या

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार १०:४१     48 जनाले पढ़िसके



Spread the love

सप्तरी । डाकाको एक समूहले सुरुङगा नगरपालिका– ८ को एक घरमा लुटपाट गर्नाका साथै एक जनाको हत्या समेत गरेको छ ।

बिहीबार राति डाकाको एक समूहले कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्या समेत गरेको प्रहरीले जनाएको छ । डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् ।

चौधरीको घरबाट सुन चाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।
रासस