नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोधका आधारमा भ्रष्टाचार मुद्दा दायर भएको बताएका छन् ।
साथै उनले यसको कानुनी लडाई लड्ने पनि उनको भनाइ छ । बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।
‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौ’, भुसालले भने, ‘अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छाैँ ।’
अध्यक्ष नेपालविरुद्ध पतञ्जली जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।