नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १५:४१     234 जनाले पढ़िसके



Spread the love

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक डी वाइल्ड नियुक्त भएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला टोलीको प्रशिक्षकमा प्याट्रिकलाई नियुक्त गरिसकेको छ। यद्यपी औपचारिक घोषणा गर्न भने बाँकी छ।

एन्फाले उनलाई १ वर्षका लागि नेपाली टोली हेर्ने जिम्मेवारी दिएको छ। त्यसपछि उनको प्रदर्शनको आधारमा अवधि थप्ने वा नथप्ने भन्ने बारेमा निर्णय गर्ने एन्फा श्रोतले बताएको छ।

यूईएफएको लाइसेन्स भएका प्याट्रिकले उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोटबाट नेपाली टोली हेर्नेछन्।

महिला टोलीको जिम्मेवारी पाएपछि प्याट्रिक बिहीबार बिहान नेपाल आइपुगेका छन्।

प्याट्रिकले यसअघि नेपाल सुपर लिग (एनएसएल) मा काठमाडौ रेजर्सको टोली हेरिसकेका छन्।

नेपालको महिला टोली हेर्न ४ महिलासहित २२ जनाले आवेदन दिएका थिए। ति मध्य सर्टलिष्टबाट प्याट्रिक छनोट भएका हुन्।