अश्लील सामग्री सेयर गरेको भन्दै तान्जानियाले आफ्नो देशमा सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक;

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १५:४०     121 जनाले पढ़िसके



Spread the love

अश्लील सामग्री सेयर गरेको भन्दै तान्जानियाले आफ्नो देशमा सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई ब्लक गरेको छ ।

तान्जानियाले एक्समा पहुँच रोक्ने निर्णय गरेको सूचनामन्त्री जेरी सिलाले भनेका छन् । एक्सले पोर्न सामग्री सेयर गर्ने अनुमति दिने भएकोले यो निर्णय गरिएको उनले बताएका छन् । ‘यो सामग्री देशको कानुन, संस्कृति, रीतिरिवाज र परम्पराविरुद्ध हाे,’ उनले भनेका छन् ।

राजनीतिक तनाव बढेको र प्रहरी खातासमेत ह्याक भएको दुई हप्तादेखि एक्समा पहुँच प्रतिबन्धित गरिएको हो । तर अहिलेसम्म यो प्लेटफर्म पूर्ण रूपमा बन्द नभएको तान्जानियाली नागरिकहरूले बताएका बीबीसीले समाचार छापेको छ ।

यद्यपि, धेरै मानिसहरूले यस निर्णयबारे सरकारसँग आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् ।