सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी;

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १५:२५     220 जनाले पढ़िसके



Spread the love

सभामुख देवराज घिमिरे र विपक्षी दलहरूबीच छलफल जारी छ । संघीय संसद् भवनस्थित सभामुखको कार्यकक्षमा विपक्षी दलहरूसँग अहिले छलफल चलिरहेको हो ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सारेर सभामुखले विपक्षी दलहरूसँग छलफल गरिरहेका हुन् ।

 

विपक्षीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गरिरहेका छन् ।

यसअघि सहमति जुट्न नसक्दा सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो ।