नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वत: निलम्बन

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १३:५६     284 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वत:निलम्बनमा परेको छ।
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो।

उनी रौतहट-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।