काभ्रेमा गुडिरहेको टिपरमा एक्कासी आगलागी

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार ११:०६     132 जनाले पढ़िसके



Spread the love

काभ्रेको पाँचखालमा एउटा टिपरमा आगलागी भएको छ।

पाँचखाल नगरपालिका-५ तल्लो जिपलाइनस्थित अरनिको राजमार्गमा गएराति साढे १२ बजेतिर बा२क ६१२५ नम्बरको टिपरमा आफैँ अचानक आगलागी भएको हो।

बालुवा बोकेर गुडिरहेको टिपरको एक्कासी गति बढ्न थालेपछि चालक दोलखा घर भएका नवराज सिवाकोटीले टिपर रोकेर पम्पको तार र फ्युज निकाल्न लाग्दा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।।

आगलागी राति साढे १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

आगलागी सुरु भएपछि दोलखाको कालिञ्चोक गाउँपालिका- ७ घर भएका २७ वर्षीय नवराज सिवाकोटीले भागेर ज्यान जोगाएका छन्। आगलागीबाट मानवीय क्षति भने भएको छैन।