राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न;

 संवाददाता    २०८२, २३ जेष्ठ बिहीबार १०:०२     186 जनाले पढ़िसके



Spread the love

राप्रपा नेपालका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको न्याय सम्पादनमाथि प्रश्न उठाएका छन् । निषेधित क्षेत्र घोषणाको सवालमा आएको आदेशप्रति उनले असन्तुष्टि जनाएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– थरीथरीको न्याय ! माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न निषेध गरिँदा सर्वोच्च अदालतले तत्काल सो निषेधित क्षेत्र तत्काल खुला गर्न आदेश दिएको थियो। तर, सिङ्गो महानगरपालिका निषेधित क्षेत्र घोषित गर्दा रिट दर्ता गर्न पनि सर्वोच्च अदालत तयार भएन। न्यायको नौसिङ हुन्छ भन्थे हो रहेछ।

राजावादीहरूको प्रदर्शनलाई लक्षित गरेर सरकारले जारी गरेको निषेधाज्ञा र त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्चको आदेशलाई लक्षित यरेर उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।