बेंगलुरुको विजय यात्रामा भागदौड मच्चिँदा केही समर्थकको ज्यान गयो;

 संवाददाता    २०८२, २२ जेष्ठ बुधबार १९:००     343 जनाले पढ़िसके



Spread the love

भारतको बेंगलुरुस्थित चिन्नास्वामी रंगशालामा आयोजना गरिएको रोयल च्यालेन्जर्स बेंगलुरुको विजय यात्राका क्रममा भएको भागदौडमा परेर केहीको ज्यान गएको छ।

भारतीय समाचार संस्था द न्यू इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाका अनुसार भागदौडमा परेर ७ जनाको ज्यान गएको छ भने २५ भन्दा धेरै घाइते छन् ।

 

ज्यान गुमाउनेमा एक महिला पनि रहेको उल्लेख छ । घाइतेहरूलाई नजिकैको बाउरिङ अस्पतालमा लगिएको छ।

बेंगलुरुले १८ वर्षको लामो प्रतिक्षापछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) जितेको खुसीयालीमा आयोजित विजय यात्रामा ठूलो संख्यामा समर्थकहरू रंगशालामा जम्मा भएका थिए।

 

जब रंगशालाको गेट खोलियो, हजारौं समर्थक एकैचोटि भित्र पस्न खोज्दा भागदौड भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज समेत गरेको थियो।

बुधबार दिउँसो टोली बेंगलुरु आइपुगेको थियो। टोलीलाई स्वागत गर्न सडक किनारमा र रंगशालामा ठूलो भीड देखिएको थियो।

प्रशंसकहरू विशेषगरी टोलीका मुख्य खेलाडी विराट कोहलीलाई देख्न आतुर थिए।