(राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण;

 संवाददाता    २०८२, २२ जेष्ठ बुधबार १६:०३     237 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले निजी सुरक्षा अधिकृत (पीएसओ) खोसिएकोबारे ध्यानाकर्षण गराएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सांसद वा प्रमुख सचेतकको हैसियत अनुसार पाएको अहिले तर हटाइएको भनेर ध्यानाकर्षण गरेका हुन् ।

 

भेटमा दिपकबहादुर सिंहलाई पक्राउ पुर्जी जारी नभइ पक्राउ गरिएको भनेर पनि शाहीले ध्यानाकर्षण गरे ।

उनले छलफलमा नबोलाएर सभामुखले विभेद गरेको गुनासो गरे ।

 

राप्रपाका साम्सदहरु बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, दिपक सिंहले सभामुखलाई भेटेर यस्तो गुनासो गरेका हुन्।

जवाफमा सभामुखले आफूले विभेद नगरेको बताए ।