अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ;

 संवाददाता    २०८२, २१ जेष्ठ मंगलवार १४:४३     379 जनाले पढ़िसके



Spread the love

अनलाइन सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ ।

काठमाडौँको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले बताए ।

आरोपीहरूले आइपिएल खेलको सट्टेबाजी गराएका हुन् । पक्राउ पर्नेमा अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलक खड्का, पुर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का र अछामका विकाश थापा छन् ।

त्यस्तै, डोटी घर भएका २३ वर्षीय हर्क बहादुर खड्का, भारतीय नागरिकहरू ऋषभ राज, २६ वर्षीय दीपक कुमार सिंह, २५ वर्षीय अङ्कित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह छन् ।

रुपन्देही घर भएका २६ वर्षीय पूर्ण बहादुर दर्लामी मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।