सुदूरपश्चिम प्रदेश सरकारले आयोजना लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठक;आरजु राणा देउवाले सम्बोधन गर्ने

 संवाददाता    २०८२, २१ जेष्ठ मंगलवार १४:२७     179 जनाले पढ़िसके



Spread the love

सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको पूर्वतयारी बैठकलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्बोधन गर्ने भएकी छन् ।

सम्बोधनका लागि उनी बुद्ध एयरको नियमित उडानमार्फत मंगलबार धनगढी पुगेकी छन् । विमानस्थलमा मुख्यमन्त्री कमलबहादुर शाहसहितको टोलीले मन्त्री राणालाई स्वागत गरे ।

मंगलबार र बुधबार (जेठ २० र २१) सम्म सञ्चालन हुने पूर्वतयारी बैठकमा मन्त्री राणाले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सुदूरपश्चिम प्रदेश सरकारले पहिलोपटक आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनमार्फत प्रदेशको प्राकृतिक स्रोत, सांस्कृतिक विविधता, भौगोलिक विशेषता र आर्थिक सम्भावनालाई उजागर गर्दै दीगो विकास र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ ।

‘सुदूरपश्चिमको सशक्तीकरण लगानी, नवप्रवर्तन र उन्नति’ भन्ने मूल नारासहित सम्मेलन असोज १ र २ गते धनगढीमा आयोजना हुनेछ।