संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार अपराह्न १:१५ बजे बस्ने तय;

 संवाददाता    २०८२, २० जेष्ठ सोमबार १६:२२     180 जनाले पढ़िसके



Spread the love

संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक मंगलबार अपराह्न १:१५ बजे बस्ने तय भएको छ। बैठकका लागि महासचिव पद्मप्रसाद पाण्डेयद्वारा सार्वजनिक सम्भावित कार्यसूचीमा विभिन्न विधेयकहरू तथा शोक प्रस्ताव समावेश गरिएको छ।

बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “भन्सार विधेयक, २०८०” माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने छन्।

त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त ले “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०” सम्बन्धमा प्रतिनिधि सभाबाट भएका संशोधनहरूमाथि छलफल गर्नुपर्ने प्रस्ताव र संशोधनहरूलाई सहमति दिनुपर्ने प्रस्ताव पेश गर्ने छन्।

यसैगरी बैठकमा संविधानसभा सदस्य तथा पूर्व प्रतिनिधि सभा सदस्य गणेशबहादुर खड्काको निधनमा शोक प्रस्ताव समेत प्रस्तुत गरिने महासचिव पाण्डेयले जानकारी दिए ।