कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु

 संवाददाता    २०८२, २० जेष्ठ सोमबार १०:२८     139 जनाले पढ़िसके



Spread the love

कैलालीमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका-१० जवलपुरका करिब ७२ वर्षीय कुक्रु डगौरा थारुको आगलागीमा परेर मृत्यु भएको हो ।

आज बिहानपख ४६ वर्षीय अनिल चौधरीको खरले छाएको कच्ची गोठमा आगालागी हुँदा सोही गोठमा सुतेका उनका बुवा कुक्रुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

घटनाबारे जानकारी पाएपछि तीन बजेतिर इलाका प्रहरी कार्यालय मसुरिया कैलालीको टोली पुगेको थियो । प्रहरी पुग्ने बेला आयो नियन्त्रणमा आइसकेको थियो ।

आगलागीको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।