मुग्लिन-नारायणगण सडक खण्डमा टिपर दुर्घटना भएको छ ।
आइतबार दिउँसो मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।
नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रित भई पल्टिँदा चालक च्यापिएका थिए ।
सशस्त्र प्रहरीको टोलीले पहिचान खुल्न नसकेका चलकलाई उद्धार गरी उपचारका लागि भरतपुर तर्फ पठाइएको सशस्त्रीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।