बजारमा लिची र आँपको भाउमा घटबढ;

 संवाददाता    २०८२, १९ जेष्ठ आईतवार १३:२८     201 जनाले पढ़िसके



Spread the love

बजारमा लिची र आँपको भाउमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिको तथ्यांकले लिची र आँपको भाउमा घटबढ देखाएको हो ।

आइतबार लिचीको भाउ बढेको छ । शनिबार प्रतिकिलो १९० रुपैयाँमा कारोबार भएको लिचीको भाउ आज १९६ रुपैयाँ कायमा छ । हिजोको तुलनामा आज लिचीको प्रतिकिलो भाउ ६ रुपैयाँ बढेको छ ।

 

जेठ पहिलो सातादेखि बजारमा लिची आउन थालेको थियो । त्यतिबेला लिची प्रतिकिलो अधिकतम ३०० देखि औसत २७६ रुपैयाँसम्मका कारोबार भएको थियो ।

यस्तै आज आँपको भाउ भने घटेको छ । आज आँपको भाउ प्रतिकिलो १० रुपैयाँ घटेको छ । अहिले कालीमाटी बजारमा मालदह र दसहरी आँप किन्न पाइन्छ । शनिबार मालदह आँप प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज भने मालदह आँप प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

शनिबार प्रतिकिलो ९० रुपैयाँमा कारोबार भएको दसहरी आँप आज आइतबार ८० रुपैयाँमा कारोबार भइरहेको छ । २ दिनअघि आँप प्रतिकिलो २०० देखि १५० रुपैयाँसम्ममा कारोबार भएको थियो ।