आइतबार उपत्यकामा सार्वजनिक बिदा

 संवाददाता    २०८२, १७ जेष्ठ शुक्रबार १६:२८     145 जनाले पढ़िसके



Spread the love

काठमाडौं । गृहमन्त्रालयले आइतबार सार्वजनिक बिदा दिएको छ । राताे मछिन्द्रनाथकाे भोटो देखाउने जात्राका दिन आइतबार काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयले आज एक सूचना जारी गर्दै नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मछिन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा उक्त जात्राको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

ललितपुरमा एक महिना लामो चल्ने रातो मछिन्द्रनाथकाको रथ यात्रा अन्तर्गत आइतबार अन्तिम दिन भोटो देखाइने परम्परा रहेको छ।