बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा एक व्यक्ति गम्भीर घाइते;

 संवाददाता    २०८२, १७ जेष्ठ शुक्रबार १६:०८     249 जनाले पढ़िसके



Spread the love

बाँसका भाटाले हानेर सोलुखुम्बुमा एक व्यक्तिको हत्या भएको छ ।

हत्या हुनेमा महाकुलुङ गाउँपालिका–२ चंखिदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राई छन् । राईको हत्या आरोपमा प्रहरीले सोही ठाउँ बस्ने २६ वर्षीय रघु कुलुङ राईलाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

 

रघुले आफ्नै घरमा प्रेम कुमारलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गर्दा गम्भीर घाइते भएका थिए ।

उपचारको लागि महाकुलुङ आधारभूत अस्पताल बुङ लगिएकोमा उनको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले बताएको छ ।

 

मृत्युको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो ।