भारतले कुनै पनि व्यक्तिलाई स्वदेश फर्काउनु अघि उसको नागरिकता प्रमाणीकरण गर्छ।’

 संवाददाता    २०८२, १७ जेष्ठ शुक्रबार १५:१२     145 जनाले पढ़िसके



Spread the love

सन् २०२५ को जनवरीदेखि यता ५ महिनामा अमेरिकाले करिब १ हजार भारतीय नागरिकलाई भारत डिपोर्ट गरिसकेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालका अनुसार तीमध्ये करिब ६२ प्रतिशत नागरिक व्यावसायिक उडानमार्फत भारत फर्किएका हुन् ।

 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि डोनाल्ड ट्रम्पले देशमा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई बाहिर निकाल्ने घोषणा गरेका थिए।

यही वर्षको फेब्रुअरी महिनामा अमेरिकाले सयभन्दा बढी भारतीय नागरिकहरूलाई अमेरिकी सेनाको विमानमा डिपोर्ट गरेको थियो। उनीहरूलाई हत्कडी समेत लगाइएका समाचारहरू सार्वजनिक भएका थिए ।

 

भारतीय विदेश मन्त्रालयको साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता जायसवालले भने, ‘आप्रवासनसम्बन्धी विषयमा भारत र अमेरिका नजिकबाट समन्वयमा काम गरिरहेका छन्। भारतले कुनै पनि व्यक्तिलाई स्वदेश फर्काउनु अघि उसको नागरिकता प्रमाणीकरण गर्छ।’

अमेरिकाले अवैध रूपमा अमेरिका बसोवास गरिरहेका करिब १८ हजार भारतीय नागरिकको पहिचान गरिसकेको बताएको छ ।

भारतस्थित अमेरिकी दूतावासले चेतावनी जारी अमेरिका निर्धारित अवधि नाघी बस्ने व्यक्तिलाई डिपोर्ट गरिन सक्छ र उनीहरूलाई स्थायी प्रतिबन्ध समेत लगाउन सकिने चेतावनी दिएको छ ।

दूतावासका अनुसार, यो नियम वैध रूपमा अमेरिका प्रवेश गरेकाहरूमाथि पनि लागु हुनेछ ।