अर्थमन्त्री विष्णु पाैडेलद्वारा बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह

 संवाददाता    २०८२, १७ जेष्ठ शुक्रबार १३:५८     195 जनाले पढ़िसके



Spread the love

अर्थमन्त्री विष्णु पाैडेलले बजेट कार्यान्वयन हुनेमा शंका नगर्न आग्रह गरेका छन्।

बिहीबार ल्याएको बजेटबारे आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अर्थ मन्त्रालयले कार्ययाेजनाको काम आजैबाट सुरू गर्ने बताए।

आगामी आवमा पुँजीगत खर्च बढाइएकाे उनले जानकारी दिए।

त्यसैगरी राजस्व लक्ष्यकाे १७ प्रतिशत निर्धारण गरिएकाेले जसरी पनि लक्ष्य हासिल गरिने उनको दाबी छ।

‘आन्तरिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.३ प्रतिशत उठाउने गरी लक्ष्य राखिएकाे छ’, अर्थमन्त्री पौडेलले भने, ‘विकास आयाेजनामा वैकल्पिक वित्तबाट गर्ने प्रतिबद्धता गरिएकाे छ। स्वदेशी र विदेशी लगानीबाट पूर्वाधार निर्माण गरिनछ।’

३ कराेडकाे मापदण्डभित्र रहेर बजेट विनियाेजन गरिएकाे पनि उनले उल्लेख गरे।

‘३ कराेड तलका आयाेजना ल्याइएकाे छैन’, उनले थपे, ‘आयाेजना निर्माणका लागि खरिद प्रक्रियाकाे लागि साउन १ गते कुर्नु पर्दैन।’

निजी क्षेत्र उत्साहित हुने गरी बजेट ल्याइएकाे उनको भनाइ छ।

मन्त्री पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरेका थिए।