अफताव आलम सफाइ पाएपछि;नारायणाकजी श्रेष्ठको आपत्ति

 संवाददाता    २०८२, १६ जेष्ठ बिहीबार १५:२४     459 जनाले पढ़िसके



Spread the love

इँट्टाभट्टमा ज्युउँदै मानिसलाइ जलाएको अभियोगमा जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाईे उच्च अदालत वीरगञ्जले सफइ दिएपछि नेकपान माओवादी केन्द्रका उपाधयक्ष नारायणाकजी श्रेष्ठले आपत्ति जनाएका छन् ।

उनले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जन्मकैद सजाय पाएका आलमलाई सफाइ दिने बहादुर न्यायाधीशलाई नेपाली जनताले कहिल्यै नर्बिसने टिप्पणी गरेका छन् ।

अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको समेत उनले बताए । बुधबार जिल्ला अदालत रौतहटको निर्णय उल्ट्याउँदै उच्च अदालत वीरगन्जका न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासलेसफाइ दिएको थियो ।

narayankaji