पहिरो खसेपछि कान्ति लोकपथ अवरुद्ध भएकाे छ।
मकवानपुरको भीमफेदी गाउँपालिका- ८ भर्याङडाँडामा ढुङ्गासहितको सुक्खा पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध भएको हाे।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्यामु अर्यालका अनुसार अवरुद्ध सडक खुलाउन सडक विभागसँग समन्वय भएको छ।
आज (बिहीबार) बिहान ३ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएकाे हाे। याे सडक अवरुद्ध हुँदा सयाैँ सवारी साधन र यात्रु बीचबाटाेमै राेकिएका छन्। कान्ति लोकपथ काठमाडाैँ- हेटाैँडा आवतजावत गर्ने छाेटाे दुरीकाे मार्ग हाे।