सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले गत चैत १५ गते गोली लागेकी रेविका क्षेत्रीलाई न्याय माग्दै विरोध प्रदर्शन गरेको छ।
नेविसंघले बुधबार संसद भवनको १ नम्बर गेट अगाडि प्रदर्शन गरको हो।
उनीहरूले चैत १५ गतेको आन्दोलनमा प्रहरीको गोली लागेकी ‘रेबिका क्षेत्रीलाई न्याय दे’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।
त्यसक्रममा प्रहरीले केही विद्यार्थी नेतालाई नियन्त्रणमा लिएको छ।
गएको चैत १५ गते राजावादी प्रदर्शनका क्रममा कोटेश्वरमा प्रहरीको गोलीले उनी घाइते भएकी थिइन्।
आन्दोलनकारीसँग सरोकार नरहेकी रेविका अहिले पनि अस्पतालमै उपचाररत छिन्।