संसद्‍मा सबै सांसदहरू बराबर हुनुपर्थ्यो, तर भएन;सांसद ज्ञानेन्द्र शाही

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार १५:१७     267 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता गरिएको राप्रपा सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।

आफू लगायत राप्रपाका सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओ सरकारले खोसेको राप्रपाका प्रमुख सचेतक समेत रहेका शाहीले बताए । उनले भने, ‘सरकारले राप्रपाका तीन जना सांसदको पीएसओ खोसेको छ । संसद्‍मा सबै सांसदहरू बराबर हुनुपर्थ्यो, तर भएन।’

 

शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो ।