कास्कीलाई केन्द्र बिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस;

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार १५:१४     419 जनाले पढ़िसके



Spread the love

कास्कीलाई केन्द्र बिन्दु बनाएर आज दोस्रो पटक भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार कास्कीको अन्नपूर्ण क्षेत्र आसपास केन्द्र बनाएर बुधबार दिउँसो १२ बजेर ५० मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

 

केन्द्रका अनुसार आजै बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्कीकै फूलिबाङ आसपास केन्द्र बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।