अभिनेत्री दीपिका कक्कर दोस्रो स्टेजको क्यान्सरबाट पीडित

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार १३:००     206 जनाले पढ़िसके



Spread the love

‘ससुराल सिमर’का फेम्ड अभिनेत्री दीपिका कक्कर दोस्रो स्टेजको क्यान्सरबाट पीडित भएकी छिन्। कक्कडले एक पोस्ट सेयर गर्दैं यसबारे जानकारी दिएकी हुन्।

‘तपाईंहरू सबैलाई थाहा छ, पछिल्ला केही हप्ताहरू हाम्रो लागि कठिन थिए। पेटको माथिल्लो भागमा अत्यधिक दुखाइ भएर अस्पताल जाँदा, मेरो कलेजोमा टेनिस बल आकारको ट्युमर भएको थाहा पाएँ। त्यसपछि थाहा पाएँ कि यो ट्युमर दोस्रो चरणको क्यान्सर हो। यो हामीले देखेको र अनुभव गरेको सबैभन्दा कठिन समय हो। म यसको सामना गर्न र पूर्ण साहसका साथ यसलाई पार गर्न सकारात्मक र दृढ छु। मेरो परिवार पनि यसमा मसँगै छ र तपाईंहरू सबैले निरन्तर माया र प्रार्थना पठाइरहनुभएको छ। हामी यसबाट पार पाउनेछौँ।’

उनको पोस्ट बाहिर आएदेखि नै फ्यान र नजिकका व्यक्तिहरू चिन्तित भएका छन्। उनलाई फिल्म र टिभी उद्योगसँग सम्बन्धित व्यक्तिहरू शीघ्र स्वास्थ्यलाभको लागि निरन्तर प्रार्थना गरिरहेका छन्।

यसबाहेक, दीपिकाका श्रीमान शोएब इब्राहिमले आफ्नो युट्युब च्यानलमा एउटा भिडिओ पोस्ट गर्दै जानकारी दिएका छन्।

दीपिका कक्कडले ‘ससुराल सिमरका’ सहित अगले जनम मोहे बिटिया ही किजो, कहाँ हम कहाँ तुम जस्ता सिरियलमा देखिएकी थिइन्। यसबाहेक उनी नच बलिये, झलक दिखला जा र बिग बोस १२ जस्ता रियालिटी शोको सहभागी भएकी थिइन्। दीपिका बिग बोस १२ को विजेता पनि रहेकी छिन्।