बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद;

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार १२:११     177 जनाले पढ़िसके



Spread the love

बुधबार बिहान प्रहरीले मोरङको सुनबर्सीमा ३०० किलो गाँजा बरामद गरेको ।

बिहानको राति करिब ३ बजे सुनवर्षी नगरपालिका–७ बक्रा खोला किनारबाट ३०० किलो गाँजा बरामद गरेको हो ।

 

गाँजा ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, प्रहरी चौकी सिक्टी र बरडंगाबाट प्रहरी टोली पुगेको थियो । प्रहरीलाई देखेपछि कारोबारी भने भागेका थिए ।

घटनास्थलबाट ७ बोरामा राखिएको ३०० किलो गाँजा बरामद भएको मोरङ प्रहरी प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । भागेकाहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।