विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औं बैठक सिंहदरबारमा सुरु;

 संवाददाता    २०८२, १५ जेष्ठ बुधबार १०:३३     120 जनाले पढ़िसके



Spread the love

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३२ औं बैठक सिंहदरबारमा सुरु भएको छ । कार्यकारी समितिका अध्यक्ष एवम् गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसिरहेको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना पास गर्ने छ ।

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेकाले विपदका घटना पनि बढ्ने सम्भावना आँकलन गरेको छ ।

 

सोही अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनधनको क्षति कम गर्ने कार्ययोजना तयार पारेको छ ।

यस वर्षको मनसुनमा २० लाख बढी व्यक्ति प्रभावित हुनसक्ने विश्लेषण गरी प्रतिकार्यको योजना बनाइएको प्राधिकरण स्रोतले जनाएको छ ।

 

साथै कार्ययोजनामा तोकिएका निकायगत जिम्मेवारीसहित पूर्वतयारीलाई तीव्रता दिइएको प्राधिकरणका अधिकारीहरुले बताएका छन् ।