मधेस प्रदेशसभाका सदस्य सरोजकुमार सिंहका स्वकीय सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। विभिन्न उपभोक्ता समिति गठन गरेको देखाइ उक्त उपभोक्ता समितिको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थलाई झिक्न लगाइ उक्त रकम श्रीमतीको खातामा बैंक दाखिला गरेको आरोप अख्तियारको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट धनुषा पुगेको टोलीले उनलाई पक्राउ गरेको हो।