वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवती पक्राउ;

 संवाददाता    २०८२, १४ जेष्ठ मंगलवार १४:१७     210 जनाले पढ़िसके



Spread the love

वैदेशिक राजगारीका लागि क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको वराहपोखरी गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई छिन् ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरेको हो ।

उनले क्यानडा पठाउने भन्दै एक व्यक्तिबाट ७ लाख रुपैयाँ लिएर ठगी गरेको प्रहरीले बताएको छ । पक्राउ परेकी राईलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा पठाइएको छ ।