अर्थमन्त्री–राष्ट्रपतीबीच भेटः बजेटबारे जानकारी

 संवाददाता    २०८२, १४ जेष्ठ मंगलवार ११:२४     85 जनाले पढ़िसके



Spread the love

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।

सरकारले जेठ १५ मा बजेट ल्याउनका लागि तयारी गरिरहेकै बेला केहीबेर अघि शितलनिवासमा पुगेर अर्थमन्त्री पौडेलले राष्ट्रपतिलाई भेटेर सरकारले ल्याउन लागेको बजेटबारे जानकारी गराएका हुन् ।

अर्थमन्त्रीको सचिवालयका अनुसार राष्ट्रपति र अर्थमन्त्रीबीचको भेटवार्ता बजेटबारे केन्द्रित थियो । सरकारले जेठ १५ मा संवैधानि व्यवस्था अनुसार १९ खर्ब हाराहारीको बजेट ल्याउँदैछ । सरकारले आजै आर्थिक सर्वेक्षण समेत सार्वजनिक गर्दैछ ।