कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढ्यो;

 संवाददाता    २०८२, १२ जेष्ठ आईतवार ११:५८     170 जनाले पढ़िसके



Spread the love

कालीमाटी बजारमा जुनार र अंगुरको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार यी दुवै फलफूलको भाउ बढेको हो ।

 

आइतबार जुनार र हरियो अंगुरको प्रतिकिलो मूल्य समान ३६ रुपैयाँले बढेको छ । शनिबार जुनार र हरियो अंगुर प्रतिकिलो १९० रुपैयाँमा किनबेच भएको थियो । आज भने दुवै फलफूलको प्रतिकिलो थोक मूल्य २२६ रुपैयाँ कायम छ ।