कर्मचारीको गल्तीले गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी; कांग्रेस कृष्णप्रसाद सिटौला

 संवाददाता    २०८२, १२ जेष्ठ आईतवार ११:४८     230 जनाले पढ़िसके



Spread the love

नेपालीले कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाकुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गरेका छन् ।

 

‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’

सहसचिव भट्टराई पक्राउ परेपछि गृहमन्त्र रमेश लेखकको सचिवालय नै ‘भिजिट भिसा’मार्फता मानव तस्करीमा संलग्न रहेका समाचार आएका छन् ।

 

यसै विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागिरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन् ।

यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

तर, नेता सिटौलाले भने विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागका कर्मचारीमाथिको आरोप मात्रै भएको बताए ।