कप्तान एन्जिला नेपाल आइपुगिन्

 संवाददाता    २०८२, ११ जेष्ठ शनिबार १२:०९     189 जनाले पढ़िसके



Spread the love

नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा राष्ट्रिय टोलीको आगामी खेलको क्लोज क्याम्पमा सहभागी हुन नेपाल आइपुगेकी छन् ।

एन्जिला शनिबार विहान नेपाल आइपुगेकी हुन् । हाल भइरहेको क्लोज क्याम्पमा अब सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

 

नेपाली टोलीले आगामी साता थाइल्याण्डसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ । त्यसको तयारीका लागि एन्जिला टिममा सामेल हुन आइपुगेकी हुन् ।

मैत्रीपूर्ण खेलका लागि एन्जिलाको कप्तानीमा २३ सदस्यीय अन्तिम टोली को घोषणा भएको छ।

 

नेपाल र थाइल्याण्डबीचको पहिलो खेल मे ३० मा क्लोज डोरमा हुनेछ भने जुन २ मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ ।

उज्वेकिस्तानमा हुने एएफसी वुमन्स एसियन कप छनोटको तयारी स्वरुप नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो ।

छनोटमा नेपाल र उज्वेकिस्तानसँगै श्रीलंका र लाओस समूह एफमा छ ।

एन्फाले महिला राष्ट्रिय टिमका लागि प्रो लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने प्रक्रिया सुरु गरेपनि थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि राजेन्द्र तामाङले नै जिम्मा पाएका छन् ।

नेपालको टोली

गोलकिपर : अञ्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर र उषा नाथ

डिफेन्डर : अमृता जैशी, गीता राना, विमला बि.क., पूजा राना, निशा ठोकर, समीक्षा घिमिरे र मनमाया दमाई

मिडफिल्डर : अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता राना मगर, सरस्वती हमाल र सुष्मा तामाङ

फरवार्ड : साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल