पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १९:४०     166 जनाले पढ़िसके



Spread the love

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइडमा पौडी खेल्ने क्रममा एक भारतीय युवक बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा भारत महाराजगञ्जज जिल्लाअन्तर्गत नौतनवा निवासी १८ वर्षीय सोएब अन्सारी रहेका प्रहरीले जनाएको छ ।

दोभान प्रहरी चौकीका अनुसार अन्सारी दाजुभाइ र साथीसहित बुटवल घुम्न आएका थिए ।

घुम्दै तिनाउ खोलाको ड्यामसाइड पुगेका उनीहरूमध्ये पौडी खेल्ने क्रममा अन्सारी ड्यामनेर डुबेका अन्सारी फेला पर्न नसकेका प्रहरी चौकी दोभानका प्रमुख रोम केसीले जानकारी दिए ।

उनले खोलामा धमिलो पानीको बहाव बढेकाले खोजीमा कठिनाइ भइरहेको बताए ।