तनहुँबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १९:३०     217 जनाले पढ़िसके



Spread the love

तनहुँबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट मेड इन यूएसए लेखिएको पेस्तोल १ थान, गोली १ राउण्ड र म्याग्जिन १ थान सहित उनीहरूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पूर्व गैँडाकोट नगरपालिका-१२ हर्कपुर बस्ने २५ वर्षीय मिलन ढकाल र चितवन माडी नगरपालिका-७ गौरी नगर बस्ने ३२ वर्षीय विजय तिवारी रहेका छन् । इलाका प्रहरी कार्यालय आबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आबुखैरेनीतर्फ आउँदै गरेको ना.२८ प १५१९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी मोटरसाइकल चालक तिवारी र मोटरसाइकलमा सवार ढकाललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।