मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जना महिला घाइते;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १९:२५     180 जनाले पढ़िसके



Spread the love

मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकी छन् । प्रहरीका अनुसार घाइते हुनेमा स्थानीय ४० वर्षीया फूलमाया चेपाङ रहेकी छन् ।

पालिकाको वडा नम्बर ९ स्थित ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी फुलमायालाई बिहीबार दिउँसो बाघले आक्रमण गरेर घाइते बनाएको हो । बाघको आक्रमणबाट उनको गर्दन र गालामा गम्भीर चोट लागेको छ । घाइते फुलमायाको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार फूलमायासहित चार जना महिलाहरू बिहीबार दिउँसो घाँस काट्न सामुदायिक वनमा गएका बेला बाघले आक्रमण गरेको थियो । घाँस काटिरहेका बेला उनलाई एक्कासि बाघले आक्रमण गरेको बताइएको छ । बाघले आक्रमण गरेपछि अन्य तीन जना महिलाले ठुलो आवाजमा कराएपछि बाघ डराएर जङ्गलतिर फर्किएको उनीहरूको भनाई छ ।

घटनापछि स्थानीय त्रसित बनेका छन् । सुरक्षा निकाय र स्थानीय वन उपभोक्ता समितिले वन क्षेत्रमा जाँदा सतर्कता अपनाउन आग्रह गरेका छन्