शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स गोगनपानीमा दुर्घटना;

 संवाददाता    २०८२, ९ जेष्ठ बिहीबार १४:४४     311 जनाले पढ़िसके



Spread the love

शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा गोगनपानीमा दुर्घटना भएको छ ।

काठमाडौंतर्फ जाँदै गरेको प्र–३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए । सडकबाट अन्दाजी एक सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए ।

 

शव बोकेको उक्त एम्बुलेन्समा चार जना सवार रहेकोमा तीन जना घाइते भएको भट्टले बताए । घाइते हुनेहरूमा एम्बुलेन्स चालक रामेछापकै २४ वर्षीय सुरेश मगर, रामेछापकै ४१ वर्षीय नारायणबहादुर नेपाली र रामेछापकै ५३ वर्षीय दिलबहादुर दमाई छन् ।

उनीहरूलाई उद्धार गरी प्र–३–०१–०२३ च नम्बरको एम्बुलेन्समा उपचारका लागि धुलिखेल पठाइएको डीएसपी भट्टले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।