ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन;

 संवाददाता    २०८२, ८ जेष्ठ बुधबार १५:४२     163 जनाले पढ़िसके



Spread the love

ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा एक भारतीय आरोहीको निधन भएको छ ।

जारी वसन्त ऋतुको आरोहण सिजनमा ल्होत्से हिमाल आरोहण गरी फर्कने क्रममा ल्होत्से फेसको एल्लो ब्यान्ड रिजन नजिक ४० वर्षिय राकेश कुमारको मृत्यु भएको पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीले जानकारी दिएका छन् ।

 

विभागका अनुसार उनको ४ जेठका दिन मृत्यु भएको हो । उनले ल्होत्से हिमाल आरोहण गर्न ४ वैशाख २०८२ का दिन एट के एक्स्पिडिसनबाट आरोहण अनुमति लिएका थिए ।

विभागले मृत शरीर काठमाडौं ल्याउन सम्बन्धित एजेन्सीसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । अहिले हिमाल आरोहण जारी छ ।