काभ्रेको साँगाबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ;

 संवाददाता    २०८२, ८ जेष्ठ बुधबार ०७:५२     226 जनाले पढ़िसके



Spread the love

प्रहरीले काभ्रेको साँगाबाट स्रोत नखुलेको रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भएका २१ वर्षीय राजन धमला र सप्तरी घर भएका ३८ वर्षीय सञ्जयकुमार साह छन् ।

मंगलबार बस चढेर काठमाडौंतर्फ जाँदै गरेका उनिहरुको साथबाट २५ लाख बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी मिनबहादुर घलेले रातोपाटीलाई बताए ।

बा.३ ख २४१६ नम्बरको बसमा सवार उनिहरु बनेपाबाट चढेको खुलेको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी घलेले जानकारी दिए ।