सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखियो;लामिछाने तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट,

 संवाददाता    २०८२, ७ जेष्ठ मंगलवार १८:४६     229 जनाले पढ़िसके



Spread the love

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नकहुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुनुवाइ भएको थियो ।

 

सुनुवाइ नसकिएपछि आजका लागि उक्त रिट हेर्दाहेर्दैमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटमा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिएन ।

 

आज भने इजलासमा दिनभरजसो सुनुवाइ चलेको थियो । यद्यपि सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ ।

उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा सुनुवाइ भएको थियो ।