६ पटक सम्म हेर्न नमिल्ने भइ मङ्गलबारदेखि सर्वाेच्च अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ ।
उक्त निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सोही निवेदनसँग लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट उजुरी दिने नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर दुई वटा रिट पनि लगाउमा राखेर हेरिएको छ ।
रौटहटको गौरमा थुनामा रहेका अभय भन्ने कामेश्वर सिंह पटेलको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सकिएपछि दोस्रो नम्बरमा रहेको लामिछानेको निवेदनमाथि दिउँसो १२ बजेदेखि सुनुवाइ सुरु भएको थियो । आज उक्त इजलासमा १८ वटा मुद्दाको पेसी तोकिएको थियो ।
तर, लामिछानेको उक्त निवेदनमाथिको सुनुवाइ आज नसकिएपछि अन्य १६ वटा मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ । हेर्न नभ्याइनेमा सुजित केसीको बन्दी प्रत्यक्षीकरण निवेदनसहित उत्प्रेषण, अदालतको अवहेलना र विविधसम्बन्धी मुद्दा रहेका छन् ।