नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर,

 संवाददाता    २०८२, ७ जेष्ठ मंगलवार ११:३४     317 जनाले पढ़िसके



Spread the love

नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । सोमबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार भने घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।