चट्याङ लागेर ४० वर्षीया देउमती साउँदको मृत्यु,

 संवाददाता    २०८२, ७ जेष्ठ मंगलवार ०९:१२     155 जनाले पढ़िसके



Spread the love

डोटीमा चट्याङ लागेर महिलाको मृत्यु छ भने एक जना महिला स्वास्थ्यकर्मी गम्भीर घाइते भएकी छन् ।

पूर्वीचौकी गाउँपालिका–२ वाडीमा चट्याङ लागेर सोही ठाउँ बस्ने ४० वर्षीया देउमती साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

उनी आफ्नै घरको झ्यालमा बसिरहेको अवस्थामा सोमबार साढे ५ बजेतिर चट्याङले लागेको थियो । गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो तर चिकित्सकले मृत घोषणा गरेका थिए ।

यस्तै, चट्याङ लागेर सोही ‍ठाउँको बगलेक स्वास्थ्य चौकीमा कार्यरत अनमी ३६ वर्षीया अस्मिता ओली विष्ट पनि गम्भीर घाइते भएकी छन् । उनलाई थप उपचारका लागि धनगढी ल्याइएको छ ।