पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १४:५४     257 जनाले पढ़िसके



Spread the love

पूर्व गृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको सुनुवाई सोमबार पनि स्थगित भएको हो ।

सर्वोच्च अदालतले मंगलबारका लागि पेसी तोकेको छ । सर्वोच्च प्रशासनले सोमबार पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित गरेको हो ।

 

यसअघि हिजो (आइतबार) न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न आदेश जारी गरेको थियो ।

आज प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । यद्यपि उक्त पेसी पनि हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित भएको छ ।