बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १४:४०     233 जनाले पढ़िसके



Spread the love

बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–३२ बस्ने बारा परवानीपुर गाउँपालिका–५ घर भएका ३१ वर्षीय राकेश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइएको छ ।