अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी,

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १३:३०     248 जनाले पढ़िसके



Spread the love

अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा सहभागी भएका छन् । नेपाली समयानुसार सोमबार बिहान आयोजित फ्रान्सेली फिल्म ‘ला फेम्मे ला प्लस रिच डु मोन्ड’को प्रिमियरमा उनीहरू सहभागी भए ।

कान्सको ग्राण्ड थिएटर लुमियरमा थिएरी क्लिफा निर्देशित फिल्मको प्रिमियर भएको थियो । रेडकार्पेटमा प्रदीप कालो सुट, कालो चस्मा र लामो कपालमा देखिएका छन् । निर्देशक शाही कालो पाइन्ट र रातो कोटमा प्रस्तुत छन् । उनीहरुसँगै टिमका केही सदस्य पनि रेडकार्पेटमा देखिए ।

प्रदीप अभिनित र शाही निर्देशित फिल्म ‘एक्लो’ अहिले कान्स मार्केटमा सहभागी छ । निर्देशक शाही चाहिँ कान्स प्रोड्युसर्स नेटवर्कमा सहभागी छन् । यी दुईजना ‘एक्लो’ प्रवर्धनको लागि कान्समा पुगेका हुन् ।

यतिबेला फ्रान्समा विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभल जारी छ ।