‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो, सबैको मेहेनतको प्रतिफल हो;इन्दु बर्माले

 संवाददाता    २०८२, ६ जेष्ठ सोमबार १३:२७     190 जनाले पढ़िसके



Spread the love

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले महिला टी-२० विश्वकपको एसिया छनोट पार गर्दै ग्लोबल छनोटमा पुग्नु ऐतिहासिक क्षण भएको बताएकी छन् ।

सोमबार यूएईलाई ५ विकेटले हराउँदै नेपालले पहिलोपटक एसिया छनोट पार गरेको हो । खेलपछि कुरा गर्दै कप्तान इन्दुले सबैको मेहेनतले यो हासिल भएको बताइन् ।

 

‘यो एकदम नर्भस खालको खेल थियो, अन्त्यमा हामीले प्रेसर ह्यान्डल गर्न सक्यौं र जित निकाल्न सक्यौं’ उनले भनिन्, ‘यो हाम्रो महिला क्रिकेटमा ऐतिहासिक क्षण हो, सबैको मेहेनतको प्रतिफल हो।’

इन्दुले आफुले भएको म्यान अफ द म्याच अवार्ड बलर मनिषा उपाध्यायलाई समर्पित गरिन् । मनिषाले यूएईका कप्तान इशा ओजाको सहित ४ विकेट लिँदै यूएईको योगफल केही कम गराउन भूमिका खेलिन् ।

 

कप्तान इन्दुले अविजित ३० रन बनाएपछि नेपालले यूएईलाई अन्तिम ओभरमा ५ विकेटले हराउँदै ग्लोबल छनोटमा स्थान बनाएको हो ।